• मंगलबार, असोज १३ २०८३

गोरखासहित ७७ वटै जिल्लालाई एकीकृत रूपमा एम्बुलेन्स परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


शुक्रबार, बैशाख १७ २०७८
865
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारीको अवस्थालाई मध्यनजर राख्दै एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न गोरखासहित ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन सबै जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितहरू अस्पताल पुर्‍याउनमा चुनौती थपिएको र समस्या भइरहेकाले मन्त्रालयले यस्तो पत्राचार गरेको हो।

ठाउँ अनुसार १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत् एम्बुलेन्सहरूले सेवा प्रदान गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

हेर्नुहोस् विज्ञप्ति :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार