गोरखा । गोरखामा कोरोना नियन्त्रणमा कडाई गरिएको छ । सार्वजनिक स्थानमा मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गर्न सुरु गरिएको हो ।


बिहिबार मात्रै बढ्दो कोरोना संक्रमणका बिच सार्वजनिक स्थानमा मास्क नलगाई हिडडुल गर्ने ७६ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।
उनीहरुलाई जनाही एक सय रुपैयाँ जरिवाना तिराइएको डिएसपी दाहालले बताए।

सवारी सधानमा यात्रा गर्ने र सार्वजनिक क्षेत्रमा हिडडुल गर्ने सवैलाई अनिबार्य मास्क लगाउन आग्रह गर्दै आएको भएपनि अटेरी गर्नेहरुलाई कारवाही गर्न सुरु गरिएको उनको भनाई छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै जिल्लाका विभिन्न ठाँउमा कोरोना बिरुद्धको सचेतना फैलाउने काम प्रहरीले गरिरहेको उनले बताए ।
