• बुधबार, साउन १३ २०८३

गोरखाका थप तीन जनामा कोरोना संक्रमण


शुक्रबार, बैशाख १७ २०७८
540
Shares

गोरखा । गोरखामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार तीन पालिकाका थप तीन जनामा बिहीबार संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा गोरखा नगरपालिका ६ का ४५ वर्षका पुरुष, पालुङटार नगरपालिका एक पुरुष र भीमसेन थापा गाउँपालिकाका २९ वर्षिया महिला रहेका छन् ।

गोरखा नगरपालिकाका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा संक्रमण पुष्टी भएको भने पालुङटारका पुरुषमा चितवन मेडिकल कलेजमा परिक्षण गर्दा संक्रमण देखिएको हो । उनी अहिले होम आइसोलेशनमा रहेको छन् ।

त्यस्तै गरी भीमसेन थापा गाउँपालिकाकी २९ वर्षिया महिलाको काठमाडौंमा परिक्षण गर्दा संक्रमण पुष्टी भएको हो । ति महिला गाउँपालिका भित्रै रहेको वृद्वाश्रममा काम गर्ने कर्मचारी भएको पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको पछिल्लो रेकर्ड अनुसार जिल्लामा अहिले सम्म ६१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु मध्ये गोरखा अस्पतालमा २ जना उपाचारत छन् भने ५९ जना होम आइसोलेशनमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार