• मंगलबार, असोज १३ २०८३

अफ्रिकन गायिका ‘बियोन्से’ले गाइन् राजनराजसँग नयाँ गीत ‘ल्यासी पाउ’ (भिडियो)


शुक्रबार, बैशाख १७ २०७८
760
Shares


गत वर्ष सर्जक राजनराज सिवाकोटीको ‘फूलबुट्टे सारी’को चर्चा धेरै कारणले भयो। धेरै वटा भर्सनमा आएको यो गीतको मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भए र सबै भर्सन हिट पनि रहे।

तीमध्ये ‘फूलबुट्टे सारी’को युगान्डाकी ‘बियोन्से’ले गाएको कभर भर्सन फरक भएर विशेष चर्चा पाएको थियो। नेपाल घुम्न आएको बेला ट्रेन्डिङ नेपाली गीत भन्ने थाहा पाएपछि आफूले नेपाली गीत गाएको बियोन्सेले बताएकी थिइन्।

आफ्नो गीत गाउने विदेशी गायिक बियोन्सेबाट प्रभावित भएर संगीतकार तथा गीतकार राजनराज सिवाकोटीले उनीसँग काम गर्ने प्रस्ताव गरे। नतिजा बियोन्सेको स्वरमा राजनराज शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ।

‘ल्यासी पाउ’ बोलको गीतमा राजनराज शिवाकोटी र बियोन्सेको स्वर छ। राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्सेलाई नै देख्न पाइन्छ।

मन्दिरा ढुंगेलले शब्द रचेको गीतमा राजनराजकै संगीत छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

गीतको भिडिओ आज शुक्रबार देवीथान म्युजिकबाट सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार