• मंगलबार, असोज १३ २०८३

श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ


शुक्रबार, बैशाख १७ २०७८
670
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ४ ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनले आफ्नै ३० वर्षीया श्रीमती सलन्ती हरिजनको हत्या गरेको आरोपमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा उनीहरूबीच झैझगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार