• मंगलबार, असोज १३ २०८३

आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै कोरोना संक्रमितको मृत्यु


शुक्रबार, बैशाख १७ २०७८
630
Shares


कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ ।

वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए ।

इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९ः२८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार