• बुधबार, साउन १३ २०८३

कोरोना संक्रमित पूर्वरानी कोमलको उपचारमा प्लाज्मा थेरापी प्रयोग


शुक्रबार, बैशाख १७ २०७८
555
Shares

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमाराखिएको चिकित्सकले बताएका छन्।

नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र अक्सिजनको सपोर्ट दिनु नपरेको नर्भिकले जनाएको छ।

कोरोना संक्रमित पूर्वराजपरिवार गत शनिबारदेखि नर्भिक अस्पतालमा उपचाररत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार