????????????????????????????????????
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देहीमा तीन जनालाई कारागार चलान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।


तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए। कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
सोही क्रममास् निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पुर्याएको भन्दै उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

उनीहरूमध्ये ७ जना पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको थियो।
त्यस्तै एक महिलालाई भने ६ सय जरिवाना तोकिएको थियो।
४ जना पुरुष र १ महिला गरी ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेका कारण छोडिएको र अन्य ३ जनाले सो बराबरको जरिवाना रकम तिर्न नसकी कारागार चलान भएको थापाले बताए।
