• मंगलबार, असोज १३ २०८३

निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा


बिहिबार, बैशाख १६ २०७८
1.4K
Shares

काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी ३८१वटा साना जिपरकारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार