काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ ।

निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने निर्णय भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् ।
रामशाहपथ र सूर्यबिनायक बिक्री केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म खाद्यान्न बिक्री गरिने छ भने नख्खुबाट बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ ।

यस्तै थापाथलीमा रहेको प्रादेशिक बिक्री केन्द्रबाट भने तीन सिफ्टमा खाद्यन्न बिक्री गरिने सूचना अधिकारी न्यौपानेले बताइन् । बिहान ७ देखि १० पहिलो सिफ्ट, १० देखि ५ दोस्रो र बुलेकी ५ बजेदेखि ७ बजेसम्म तेस्रो सिफ्टमा सेवा दिने निर्णय भएको उनले बताईन् ।
बिक्री कक्षबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु र स्यानीटाईजर बिक्री गरिने कम्पनीले जनाएको छ ।
