काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार राति काठमाडौं महानगरपालिका—१४ कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका—१ बाघभैरव बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो।
उनको बा.६१ प १५३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
