• बुधबार, साउन १३ २०८३

गोरखामा मास्क नलगाउनेहरु कारवाहीमा


बिहिबार, बैशाख १६ २०७८
865
Shares

गोरखा । जिल्लामा मास्क नलगाइ घर बाहिर निस्कनेहरुलाई प्रहरीले कारवाही गर्न सुरु गरेको छ ।

बुधबार दश जना कारवाहीमा परेको डिएसपी प्रकाश दहालले बताए । उनीहरुलाई जनाही एक सय रुपैयाँ जरिवाना तिराइएको उनले जानकारी दिए ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले मास्कमा कडाइ गरिएको उनको भनाई छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै जिल्लाका विभिन्न ठाँउमा कोरोना बिरुद्धको सचेतना फैलाउने काम प्रहरीले गरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार