गोरखा । मानव सेवा आश्रम गोरखाले मानसिक अवस्था कमजोर भएकी एक महिलाको उद्धार गरेको छ ।

धार्चे गाँउपालिका वडा नं. २ केरौँजाबाट १९ वर्षीय शर्मिला गुरुङको उद्धार गरिएको आश्रमकी मुना लामाले बताइन् ।
मानसिक सन्तुलन कमजोर भएकी उनको पारिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले रेखदेख र बसाइको उचित व्यवस्थाका लागी सहयोग गरिदिन गाँउपालिकाले अनुरोध गरेपछि आश्रमले उनको उद्धार गरेको हो ।
