• मंगलबार, असोज १३ २०८३

आर्टिफिसियल टर्फका लागी पालुङटार नगरपालिकाले दियो दुई लाख सहयोग


बिहिबार, बैशाख १६ २०७८
605
Shares


गोरखा । गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा निर्माणधिन आर्टिफिसियल टर्फका लागि पालुङटार नगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नगरप्रमुख दिपकबाबु कंडेलले टर्फ निर्माण गर्ने द ओसन क्लवका अध्यक्ष अमित खत्रीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

फुटबल खेलमा गोरखाका खेलाडीको प्रतिभा उजागर गर्ने ठाउँको रुपमा बिकास गर्न टर्फका लागि सहयोग गरिएको उनले बताए ।

प्रदेश, स्थानीय तहहरु, संघ संस्था र ब्यक्तिगत सहयोग जुटाएर क्लवले उक्त मैदान निर्माण गरेको हो । मैदानलाई पूर्णता दिन अभैm केही काम बाँकी रहेको अध्यक्ष खत्रीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार