• मंगलबार, असोज १३ २०८३

आधा घण्टाको फरकमा तीन कोरोना संक्रमितको मृत्यु


बिहिबार, बैशाख १६ २०७८
745
Shares


आधा घण्टाको फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा आज बिहान बुटवलका दुई जना पुरुष र रुपन्देहीको मायादेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३१ र ६६ वर्षीय पुरुष र ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका ३१ वर्षीय पुरुष सोहि दिन अस्पतालमा भर्ना भएका थिए।

त्यस्तै ६६ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि सोहि दिन नै वैशाख ९ गते अस्पताल भर्ना भएका थिए भने ७२ वर्षीय महिला वैशाख १० गते संक्रमण पुष्टि भएकोमा ११ गते अस्पताल भर्ना भएकी थिइन्।

योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार