• बुधबार, साउन १३ २०८३

गोरखामा भारत र चीनबाट आउनेले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नु पर्ने


बिहिबार, बैशाख १६ २०७८
480
Shares

गोरखा । जिल्लामा छिमेकी मुलुक भारत र चीनबाट आउने मानिसहरुले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को हिजो बसेको बैठकले भारत र चीनबाट आउने मानिसहरुले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको हो ।

भारतबाट स्थल मार्ग भई जिल्ला प्रवेश गर्ने, नेपाली तथा विदेशी नागरिकको हकमा अनिवार्य रुपमा १० दिन होम क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको हो । सोको अनुगमन सम्बन्धित पालिकाले गर्ने निर्णय गरिएको छ ।

चिनियाँ नागरिकले भने प्रवेशाज्ञाको अतिरिक्त निजले यात्रा गर्नु अघि स्वाब संकलन भएको ७२ घण्टाको कोभिड १९ को नेगेटिभ रिर्पोट हुनुपर्नेछ । त्यसपछि पनि अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने बताइएको छ ।

जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरुमा सम्बन्धित स्थानीय तहले हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ । त्यसको सुरक्षा गर्ने जिम्मेवारी सुरक्षा निकायलाई दिइएको छ । कोरोनाको संक्रमण तिब्र भएको भन्दै डिसिसिएमसीले आइसोलेशनहरुको निर्माण गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

आवश्यक जनशक्ति र स्वास्थ्य सामाग्री तयारी अबस्थामा राख्न भनिएको छ । कोरोना भाइरसको नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि स्थानीय तहरुलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन डिसिसिएमसीले प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सबै स्थानीय तहले कोभिड १९ फोकल पर्सन तोकि हरेक दिन स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनमा रिर्पोट गर्न भनिएको छ । स्थानीय तहसँगको समन्वयमा घटना अध्ययन तथा कन्ट्याक्ट टे«सिङ गर्ने जिम्मेवारी भने स्वास्थ्य कार्यालयलाई दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार