• मंगलबार, असोज १३ २०८३

पूर्वरानी कोमल आइसियूमा


बिहिबार, बैशाख १६ २०७८
765
Shares

काठमाडौं । कोरोना संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए।

यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार