• मंगलबार, असोज १३ २०८३

स्कुटर दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु


बिहिबार, बैशाख १६ २०७८
715
Shares

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर बुधबार बेलुकी दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।

सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताए।

मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए।

पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका थिइन्।

कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनीहरू दमौली फर्किँदै थिए। ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार