• बुधबार, साउन १३ २०८३

गोरखाका सबै विद्यालय बन्द परिक्षा पनि स्थगित


बिहिबार, बैशाख १६ २०७८
685
Shares

गोरखा । जिल्ला भित्रका सबै विद्यालय तथा शिक्षालयको पठनपाठन बन्द गरिएको छ ।

जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्रको बुधबार बसेको वैठकले अनिश्चितकाल सम्मका लागि सबै शैक्षिक सस्थामा हुने पाठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

साथै यो विचमा सञ्चालन हुने भनिएका सबै परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

‘जिल्ला भित्र रहेका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिकको माध्यमबाट मात्र पठनपाठन गर्ने, भौतिक उपस्थितिमा हुने भनिएका पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभए सम्मको लागि स्थगित गर्ने,’ डिसिसिसिएमसीको निर्णयमा उल्लेख गरिएको छ ।

यस अघि नै जिल्लाका आठ स्थानीय तहले शिक्षण संस्था बन्द गर्ने निर्णय गरिसकेको भएपनि बाँकी तीन स्थानीय तहले भने बन्द गर्ने या खुल्ला गर्ने अन्यौलमा थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार