

गोरखा । गोरखा उद्योग वाणिज्य संघ अन्तरगत पुर्णिमा परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिका, गोरखाले निर्माण गरेको सिरानचोक गाँउ पालिका स्तरिय व्यवसाय पाश्र्व चित्रको आज एक समारोह विच प्रमाणिकरण गोष्ठि सम्पन्न भएको छ ।
सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण गोरखा उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले गरेका थिए ।
२०७७ साल असोज देखि मसिंर सम्म कोवो कलेक्टको माद्यमवाट स्थानिय गणकहरुको सहयोगमा निर्माण गरिएको उक्त दस्तावेज अनुसार उक्त पालिकामा महिलाद्वारा सञ्चालित ३२७ र पुरुषद्वारा सञ्चालित ७२६ गरि जम्मा १०५३ व्यवसाय विद्यमान रहेको र ५२ प्रतिशत दर्ता नभएका र ४८ प्रतिशत दर्ता भएको देखिन्छ ।

जस मध्य ३७ प्रतिशत उत्पादन मुलक, ४४ प्रतिशत सेवा मुलक, १७ प्रतिशत रिटेलर र २ प्रतिशत सप्लायर्स रहेका छन् । उक्त व्यवसायहरुमा करिब ५६ करोडको लगानी रहेको देखिन्छ ।

उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकाका उपाध्यक्ष श्री रीता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने, पुर्णिमा परियोजना अन्तरगतइआइइआरका कार्यक्रम संयोजक श्री सुरेन्द्र पौडेल, जिल्ला उद्यम विकास अधिकृत श्री शेर वहादुर वोहरा, च्यालेन्ज फण्ड अफिसर विष्णु दवाडी, वडा अध्यक्षहरु एवं कार्यपालिका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।