
गोरखा । सिरानचोक गाउँपालिकामा व्यवसाय गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा प्रवाह हुने भएको छ । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रमको उद्योग वाणिज्य संघ सिरानचोक इकाई वीच त्रिपक्षिय सम्झौता भएको हो ।
सम्झौता अनुसार अब कृषि एवं पशुजन्य व्यवसाय र अन्य व्यापार व्यवसाय गर्नेलाई सहुलियतमा कर्जा प्रवाह गर्नुपर्नेछ । सम्झौता अनुसार १० जना व्यावसायीलाई बिना धितो ऋण प्राप्त गर्नेछन् ।

उक्त सम्झौतामा महिला उद्यमशिलता कजा, व्यवसायीक कृषि तथाप शुपक्षीं कर्जा, शिक्षित यूवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्किएकायूवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा,उच्च प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा,भुकम्प पिडितहरुको नीजि आवास निर्माण कर्जा तथा अन्य प्रदेश सरकार र राष्ट्र बैंकले ताकेको अन्य सहुलियतपुर्ण कर्जाहरु उपलब्ध गराउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।


सम्झौता अनुसार गाँउपालिकाको सिफारिस र सहयोगमा बैंकले कर्जा प्रवाह गर्ने र सोको लागि आवश्यक कागजात एवं व्यवसायिक योजना निर्माणमा उद्योग वाणिज्य संघले सहजिकरण गर्ने उल्लेख गरिएको छ ।
कर्जाको दरको हकमा हाललाई नेपाल राष्ट्र बैंकले दिएको व्याज अनुदान अनुसार पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत छुट हुने वताइएको छ । सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङ्ग, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ र ग्लोवल आइएमई बैंक लि का प्रदेश प्रमुख महेश सिलवालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
