गोरखा । गोरखाबाट निषेधाज्ञा जारी भएका जिल्लाहरुमा जानका लागी सवारी पास नपाइने भएको छ ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै काठमाडौं उपत्यकासहित निषेधाज्ञा जारी भएका जिल्लाहरुमा अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई यात्रा अनुमति उपलब्ध नगराउने भएको हो ।
मन्त्रालयको निर्देशन अनुसार अब जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक निषेधाज्ञा जारी भएका जिल्लाहरुमा जानका लागी यात्रा अनुमति नदिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
