• बुधबार, साउन १३ २०८३

बुधबार थपिए ४ हजार ८ सय ९७ कोरोना संक्रमित


बुधबार, बैशाख १५ २०७८
535
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ७ सय ७४ जना र एन्टिजेन विधिबाट १२३ जना गरी ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ। कोरोनाबाट निको हुनेको दर ८९.३ प्रतिशत छ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८ सय २२ पुगेको छ।

गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७९ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ।

आज देशभर ५४ जना क्वारेन्टिनमा छन्। ३१७ आइसियू र ५८ जना भेन्टिलेटरमा उपचारत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार