गोरखा । गोरखा अस्पतालले भोलीदेखी ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरी अस्पतालको ओपिडी सेवा बन्द गरेको जानकारी दिएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रअनुसार ओपिडी सेवा बन्द गरेको सो सूचनामा उल्लेख गरिएको छ ।
ओपिडी सेवा बन्द भएपछि अस्पतालमा सञ्चालित अन्तरंग सेवा, इमर्जेन्सी सेवा र फिभर क्लिनिक भने खुल्ला नै रहने अस्पतालले जनाएको छ ।

कोरोना महामारीका विरामीलाई व्यवस्थित गर्नुपर्ने भएकाले अन्य बिरामीको उपचार सेवा बन्द गरेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।