काठमाडौं । बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो ।
त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।

दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं. को सेवा प्रवाह पनि बन्द गरिएको छ ।