http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ ।

निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।
निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय पनि महासंघले गरेको छ ।

निषेधाज्ञा अवधिभर सुनको बजार कारोबार मूल्य भने तोक्ने कार्य भने निरन्तर रहने महासंघले जनाएको छ ।