गोरखा । उत्तरी गोरखा साँस्कृतिक तथा कलाकार समाजको नयाँ कार्यसमिती गठन गरिएको छ ।

मंगलबार काठमाडौंमा भएको भेलाले सुनिला गुरुङको संयोजकत्वमा १९ सदस्यको नयाँ कार्यसमिती गठन गरिएको हो ।
समाजको प्रथम उपाध्यक्षमा हरिबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा आइतराम गुरुङ, तृतीय उपाध्यक्षमा हेमबहादुर आले र महिला उपाध्यक्षमा देवी आले चयन भएका छन् ।
त्यस्तै महासचिवमा वीरबल घले, सचिवमा चित्रहादुर गुरुङ, वुद्ध गुरुङ, महिला सचिवमा सुस्मिता गुरुङ र प्रचार सचिवमा खेमराज तिवारी चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा जोनिशा गुरुङ र सहकोषाध्यक्षमा राजु गुरुङ चयन भएको समाजले जनाएको छ ।
सदस्यहरुमा सुशीला गुरुङ, पेमाडुण्डुप लामा, शिरिष गुरुङ, भीममाया गुरुङ, मेनुका गुरुङ, एञ्जिला गुरुङ र भीममाया गुरुङ चयन भएका महासचिव घलेले जानकारी दिए ।

नयाँ कार्यसमितीमा उत्तरी गोरखामा चुमनुब्री गाँपालिका, धार्चे गाँउपालिका र आरुघाट गाँउपालिकाका कलाकारहरु रहेका छन् ।
उत्तरी गोरखाका कलाकारहरु संगठिक हिसाब अगाडि बढ्न र नयाँ कलाकारहरुको प्रतिभालाई उजागर गर्न नयाँ कार्यसमिती गठन गरिएको समितीका सदस्य सुशील गुरुङले जानकारी दिए ।
