काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।

पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।