• बुधबार, साउन १३ २०८३

गोरखाका कोरोना संक्रमित पुरुषले होमआइशोलेसनमै गरे आत्महत्या


बुधबार, बैशाख १५ २०७८
565
Shares

गोरखा । गोरखामा एक कोरोना संक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भारतमा कपडा उद्योगमा काम गर्दै आएका उप्रेती गत चैत २६ गते नेपाल आएका थिए । बैशाख १० गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि होमआइशोलेसनमा बसेका उनले गएराती झुण्डिएर आत्महत्या गरेको अवस्थामा कोठा भित्र भेटिएको डिएसपी प्रकाश दाहालले बताए ।

पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो । तर अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना पुष्टि भएका कारण उनको शब पोष्टमार्टम नगरी ब्यवस्थापन गर्ने तयारी भएको डिएसपी दाहाले बताए । नेपाली सेनाले शब ब्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार