
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले शारीरिक अपाङ्गता भएका एक युवकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
गोरखा नगरपालिका वडा नम्बर ९ बस्नेतगाउँकाका सिमन बस्न्यातलाई कार्यालयले सोमबार दिउँसो घरैमा पुगेर नागरिक प्रदान गरेको हो ।

नागरिकता दिन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त सहितको टोली बस्न्यातको घरमा पुगेको थियो ।
जन्मैदेखि पूर्ण रुपमा शारिरिक अपाङ्गगता रहेका १८ बर्षका बस्न्यातलाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएकाले घरैमा गएर प्रदान गरिएको प्रजिअ पौडेलले बताए ।
‘क’ बर्गको अपाङ्गता परिचय पत्र पाएका उनलाई नागरिकता नहुँदा बैंक मार्फत पाउने सामाजिक सुरक्षा भत्ताका लागि समस्या भएको उनकी आमा सबिता बस्न्यातले बताईन् ।
घरैमा पुगेर प्रशासनको टोलीले नागरिकता दिएपछि खुसी लागेको सिमनले प्रतिकृया दिए ।