• मंगलबार, साउन २६ २०८३

गोरखामा यात्रुवाहक जीप दुर्घटना


बुधबार, बैशाख १५ २०७८
485
Shares

गोरखा । गोरखामा यात्रुवाहक जीप दुर्घटना भएकाे छ ।

आरुघाट गाउँपालिका ३ काे साेती स्थित अर्मला भन्ने स्थानमा बिहान करिब पाैने ८ बजे जीप दुर्घटना भएकाे स्थानीय सुशिल नेपालीले सिभिलखबरलाई जानकारी दिए ।

दुर्घटनामा परी एक बालक गम्भिर घाइते रहेकाे नेपालीकाे भनाई छ । दुर्घटनामा परेकाे ग १ ज ७२६४ नम्बरकाे जीपमा कम्तीमा १० जना यात्रु सवार रहेकाे बताइएकाे छ ।

जीप सडकबाट करिब २ सय मिटर तल बुढीगण्डकी नदीमा पुगेकाे बताइएकाे छ ।

हाल आरुघाट प्रहरी चाैकीबाट प्रहरीकाे टाेली घटनास्थल तर्फ जादै गरेकाे चाैकीका सई नवराज विकले बताए । दुर्घटनाकाे थप विवरण आउन बाँकी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार