
सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजाे सोमबार साँझ बसेको बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र -सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले साेमबारदेखि सबै परिक्षा स्थगित गर्ने निर्णय गरेकाे थियाे।
