
गोरखा । कोरोनाको दोश्रो लहर सुरु भएपछि जिल्लाका १८ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार हाल जिल्लामा १३ जना संक्रिय संक्रमित छन् । २ जनाको उपचारका क्रममा ज्यान गइसकेको छ ।
बाँकी ३ जना भने काठमाण्डौंमा उपचारत रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । ‘दोश्रो लहरमा पोजेटिभ देखिनु भएका अधिकाश उपचारका क्रममा जिल्ला बाहिरै संक्रमित हुनु भएको देखिन्छ,’ उनले भने, ‘उहाँहरुको सम्र्पकमा आएकाहरुको कन्ट्याक्ट टे«सिङ गराउँदा ३ जना महिला र ३ जना पूरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उहाँहरु चाँही जिल्ला भित्रै संंक्रमित हुनुभएको हो ।’

सोमबार अपराह्न्न सम्म ५३ महिला र ३८ पूरुष गरी ९१ जनाको स्वाब सकलन गरिएको छ । उनीहरु सबैको रिर्पोट प्राप्त भइसकेको अर्यालले बताए । ‘गोरखा नगगरपालिका, पालुङ्टार नगरपालिका र भीमसेन गाउँपालिकामा कन्ट्याक्ट टे«सिङ गर्ने प्लान थियो,’ उनले भने, ‘तर भए नभएको जानकारी अहिलेसम्म स्वास्थ्य कार्यालयलाई प्राप्त भएको छैन ।’
हालसम्म सबै भन्दा धेरै गोरखा नगरपालिकामा १ महिला र ६ पूरुष गरी ७ जना संक्रमित भएका छन् । संक्रमण पुष्टि भएका एक जनाको भने मृत्यु छ । उपचारका लागि काठमाण्डौ पुगेका भीमसेन थापा गाउँपालिका १ मसेलका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि डिस्र्चाज गरी घरमा ल्याइएको थियो । उनको होमआइशोलेनमा मुृत्यु भएको अर्यालले बताए । गण्डकी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका एक कर्मचारी सहित उनीहरु अहिले काठमाण्डौमा स्वास्थ्य लाभ गरिरहेका छन् । आरुघाट गाउँपालिकाकी एक महिला पनि उपचारका क्रममा काठमाण्डौंमा संक्रमित भएकी छिन् । उनलाई घरमा ल्याएर होमआइशोलेनमा राखिएको छ । अन्य समस्या समेत रहेकाले उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
कोरोनाको दोश्रो लहर तिब्र रुपमा फैलिएपछि जिल्लामा पुनः आइसोलेशन र क्वारेन्टिन निर्माणको काम पनि सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल र स्थानीय तहसँग समन्वय गरी संरचना निर्माण कार्य भइरहेको कोरोना फोकल पर्सन अर्यालले जानकारी दिए ।

‘स्थानीय तहमा भएको कोभिड अस्पताल, त्यहाँ बनाइएका क्वारन्टिन र आइसोलेशनलाई चुस्त दुरुस्त राख्न समन्वय भइरहेको छ,’ उनले भने, ‘जिल्ला अस्पतालमा पहिले तयार गरिएका ७ बेडको आइसोलेशन पुनः सञ्चालनमा आइसकेको छ । त्यहाँ थप आइसोलेशन बेड बनाउने बारेमा अध्ययन र छलफल भइरहेको छ ।’
अहिले गोरखकाली रबर उद्योगमा २६, अजिरकोटमा २२ र सिरानचोकमा १० बेडको क्वारेन्टिन तयारी अबस्थामा छ । गोरखकाली रबर उद्योगमा भने बेड थप गरी आवश्यकताको आधारमा ६० बेडको आइसोलेशन तयारी गर्न सकिने अर्यालले बताए । यसैगरी जिल्ला अस्पतालमा ७, गण्डकीमा १०, आरुघाटमा १५ र आँपपिपल अस्पतालमा २० शैयाको आइसोलेशन तयारी अबस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


जिल्लाको आरुघाट, शहिद लखन, धार्चे, अजिरकोट लगायतका स्थानीय तहमा रहेका कोराना अस्पतालमा पनि ५÷५ शैया निर्माण गरिएको छ । गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकामा भने कोरोना अस्पताल अझै सञ्चालनमा आउन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना अस्पताल सञ्चालनमा आएका ठाउँमा पनि जनशक्ति र स्रोत साधनको कमी रहेको स्थानीय तहहरुले गुनासो गरेका छन् ।
पाटनदेवी र संस्कृत माविका विद्यार्थीलाई रुघाखोकी र ज्वरो
गोरखाको भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।
उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको हो ।
विद्यार्थीलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएपछि बिरामी विद्यार्थीलाई विद्यालय नआउन भनिएको छ ।


संस्कृत मावि तान्द्राङका करिब ५० प्रतिशत विद्यार्थी बिरामी परेको विद्यालयले जनाएकोे छ । विद्यार्थी बिरामी पर्न थालेपछि आइतबार गाउँपालिका स्वास्थ्य शाखाको टोली क्यामुन्टारको पाटनदेवी मावि पुगेर कोरोना परीक्षणका लागि ३१ जनाको स्वाबको नमुना संकलन गरेको छ ।
‘विद्यार्थीसँगै गाउँका केही मान्छेहरुमा पनि रुघाखोकी र ज्वरो देखिएको रहेछ, आइतबार ३१ जनाको स्वाब संकलन गर्यौ, रिपोर्ट आएपछि कोरोना हो कि मौसमी फ्लू हो थाहा हुन्छ’ स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने ।
