गोरखा । गोरखा भूकम्प गएकाे ६ बर्ष पंरा भएकाे छ । गोरखाकाे बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्प गएकाे थियाे ।
जसमा हाल भूकम्पले भत्काएका जिल्लाका चार प्रतिशत नीजि घर पुनर्निर्माण हुन बाँकी छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) गोरखाले दिएको जानकारी अनुसार २०७२ बैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दु गोरखामा अहिलेसम्म ९६ प्रतिशत घर बनिसकेका छन् ।
७२ हजार ८२३ जनाले लाभग्राही सूचीमा नाम लेखाएका थिए । तर प्राधिकरणको सम्र्पकमा नआएका, दोहोरोपना भएका लगायत घर नचाहिने र अनुदान प्राप्त गर्न नमिल्ने २ हजार ४११ जनालाई भने लाभग्राहीको सूचीबाट हटाइएको छ ।
त्यसपछि ७० हजार ४१२ जना लाभग्राही कायम भएका छन । ‘गोरखामा निजि आवास पुनर्निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ,’ जिमाली गोरखाका प्रमुख रामशरण आर्चायले भने, ‘बाँकी देखिएको ४ प्रतिशत मध्ये पनि धेरैले घर बनाइरहेको छ । आगामी असार मसान्तसम्म सबै कम्पिड हुन्छ ।’
हालसम्म ६१ हजार ६६५ घर निर्माण सम्पन्न भएपछि तेश्रो किस्ता समेत वितरण गरिएको उनले बताए । निर्माण पुरा भएका अन्य घर पनि रकम प्राप्त गर्ने चरणमा छन् ।
जिल्लामा विद्यालय पुनर्निर्माण, स्वास्थ्य चौकी र सरकारी कार्यालय भवन पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको प्राधिरण गोरखाले जनाएको छ । पुनर्निर्माणसँग सम्बन्धि सबै सडक आयोजना पनि निर्माण सकिएको आर्चायको दाबी छ ।