• बुधबार, साउन १३ २०८३

गोरखासहित गण्डकीमा थपिए ५३ जना काेराेना संक्रमित


शुक्रबार, बैशाख १० २०७८
980
Shares

गोरखा । गोरखासहित गण्डकी प्रदेशमा शुक्रबार ५३ जना काेराेना संक्रमित थपिएका छन् । जसमा गोरखामा ५ जना थपिएका हुन । गोरखा नगरपालिका एकै परिवारका ४ जना सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

उनीहरु सबै वडा नम्वर १४ का बासिन्दा हुन । एकै परिवारका १२ वर्षका पुरुष र १७, २९ र ६५ वर्षका महिलामा संक्रमण पुष्टि भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।

भारतबाट फर्केका उनीहरुको परिवारका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सम्पर्क परिक्षणका लागि परिवारका अन्य सदस्यको स्वाब संकलन गरिएको थियो । तिमध्ये ४ जनामा संक्रमण पुष्टि भएको अर्यालले जानकारी दिए। यस्तै भारतबाट फर्केका सोही वडाका ३६ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै शुक्रबार थपिएका मध्ये कास्कीमा ३६ जना, बाग्लुङ्गमा ३ जना, स्यांजामा ४ जना, पर्वतमा २ जना, तनहुँमा २ जना र म्याग्दीमा १ जना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पोखराले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार