• मंगलबार, साउन २६ २०८३

रुकुमका युवककाे करेण्ट लागेर गोरखामा ज्यान गयाे


शुक्रबार, बैशाख १० २०७८
1.2K
Shares

गोरखा । गोरखामा करेण्ट लागेर एक युवककाे ज्यान गएकाे छ । गोरखा नगरपालिका- ६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

दरबारमार्गको सडक ढलान गर्न शुक्रबार बिहान छ बजे रड ठड्याउने क्रममा हाइटेण्सन लाइनमा छुँदा विकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए।

उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार