• बुधबार, साउन १३ २०८३

आइसोलेसन लैजादा एम्बुलेन्सबाटै भागेर जंगल पसे ७ जना कोरोना संक्रमित


शुक्रबार, बैशाख १० २०७८
775
Shares

आइसोलेसन लैजाने क्रममा कैलालीबाट सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका छन ।

बिहीबार गौरीफन्टा नाका हुँदै उनीहरू नेपाल भित्रिएका थिए। त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू भारतीय नागरिक हुन्।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी-१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए। उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार