• बुधबार, साउन १३ २०८३

गोरखामा थप एक महिलामा कोरोना संक्रमण पुष्टि


बिहिबार, बैशाख ९ २०७८
605
Shares

गोरखा । जिल्लामा थप एक जनालाई कोरोना संक्रमण भएको छ । केही दिन यता दोश्रो चरणको कोरना संक्रमण फैलिएसँगै दिनुहुँ संक्रमित थपिन थालेका छन् ।

सोही अनुरुप आरुघाट गाउँपालिका वडा नम्बर ५ की ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । बिरामी भएपछि उपचारका लागि काठमाण्डौ त्रिबि शिक्षण अस्पताल पुगेकी उनी चैत्र ३० गते नै संक्रमित पुष्टि भएकी थिइन् ।

थप उपचार सम्भव नभएको डाक्टरले बताएपछि परिबारले उनलाई घर फर्काएको आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।

उनलाई हाल होमआइसोलेशनमा राखिएको छ । उनको अबस्था जटिल रहेका श्रेष्ठले बताए । हाल जिल्लामा ४ जना भन्दा बढि संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार