
गोरखा । गण्डकी प्रदेशसहित देशका विभिन्न स्थानमा बिहीबार (आज) बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट बागमती हुँदै गण्डकी प्रदेश प्रवेश गरेको हो। प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा छ।
तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ।
केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ।
‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन्।


