• बुधबार, साउन १३ २०८३

गोरखा नगर कार्यपालिका बैठक : कोरोना नियन्त्रण र रोकथाम पहिलो प्राथमिकतामा


बिहिबार, बैशाख ९ २०७८
660
Shares

गोरखा । गोरखा नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामको कामलाई थप जोड दिने निर्णय गरेको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले पहिले बनाइएको दु्रत प्रतिकार्य समूहलाई फेरी सक्रिय बनाउने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।

‘¥यापिट रेस्पोन्स टिमलाई पहिले जस्तै गराउने र टोल सुधार समितिलाई बढि जिम्मेवार बनाउने निर्णय भएको छ,’ उनले भने, ‘नगर क्षेत्रभित्र रोकथाम, नियन्त्रण र सचेतनाका विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ ।’

छिमेकी मुलुक भारत र अन्य देशहरुबाट आएका सर्वसाधरणलाई टोल सुधार समितिको समन्वयमा १० दिनसम्म होम क्वारेन्टिनमा राख्ने निर्णय गरिएको छ ।

त्यसको स्पष्ट लगत राखेर उनीहरुको स्वास्थ्य अवस्था बारे नियमित रुपमा नगरपालिकाको स्वास्थ्य शाखालाई जानकारी गराउन भनिएको छ । यदी आवश्यक परेमा उनीहरुको स्वाब संकलन, कन्ट्रयाक्ट टे«सिङ गरिनेछ ।

आइसोलेशन व्यवस्थापनको लागि जिल्ला अस्पतालसँग समन्वय गर्ने निर्णय बैठकले गरेको रेग्मीले बताए । डिसिसिएमसीको निर्णय अनुसार नगर क्षेत्रमा रहेका मठमन्दिरहरु, चर्च, गुम्बा तथा मस्जिदहरुमा नित्यपूजा प्राथना बाकेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिबिधि बन्द गर्न नगरपालिकाले आग्रह गरेको छ ।

व्यापारी व्यवसायीहरुलाई जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय गर्न अनुरोध गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भिडभाड नगर्न गोरखा नगरपालिकाले सर्बसाधरण सबैलाई आग्रह गरेको छ । सोही अनुरुप बुधबारबाटै नगर क्षेत्रमा माइकिङ पनि गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार