• मंगलबार, साउन २६ २०८३

पत्रकारसहित दुई कोरोना संक्रमितको मृत्यु


बुधबार, बैशाख ८ २०७८
715
Shares


बुटवल । कोरोना संक्रमित दाङका एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० वर्षका पुरुषको मंगलबार राति काठमाडौंमा मृत्यु भएको हो ।

केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं लगिएको थियो।

यस्तै भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगनञ्ज—१२ का एक पुरुषको मृत्यु भएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनी चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार