• बुधबार, साउन १३ २०८३

नेपालगञ्जमा आजदेखि वैशाख १५ सम्म लकडाउन


बुधबार, बैशाख ८ २०७८
675
Shares


बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ।

नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताए।

उनले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको बताए।

कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको प्रजिअ गेलालले बताए।

लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार