• मंगलबार, साउन २६ २०८३

बेपत्ता युवक चार दिनपछि मृत अवस्थामा फेला


बुधबार, बैशाख ८ २०७८
735
Shares


सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका डोटीको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजिकको सेती नदीमा फेला परेको हो । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार