• मंगलबार, साउन २६ २०८३

गोरखामा रात्रीकालीन व्यवसायमा पनि लगायो रोक


बुधबार, बैशाख ८ २०७८
1.6K
Shares

गोरखा । गोरखामा रात्रीकालीन व्यवसायमा पनि रोक लगाएको छ । यस अघि जिल्लाका सबै धार्मिक स्थलहरुमा वैशाख मसान्तसम्मका लागी भक्तजनलाई प्रवेश निषेध लगाउने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।

अब जिल्लाका होटल तथा रेस्टुरेन्टहरु बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । अन्य समयमा टेकअवे र होमडेलिभरी भने गर्न दिने निर्णय बैठकले गरेको छ ।

होटल तथा रेष्टुरेन्टका कामदारले अनिबार्य रुपमा मास्क, भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने छ । सेवाग्राहीले पनि मास्क प्रयोग गर्नुपर्नेछ, अन्यथा सञ्चालकले प्रवेश निषेध गर्न सक्नेछन् ।

यदी सेवाग्राहीले मास्क खरिद गर्न चाहेमा भने बढिमा १० रुपैयाँमा उपलब्ध भने गराउनु पर्ने छ । होटल तथा रेष्टुरेन्टमा सेनिटाइजरको अनिवार्य व्यवस्था गरी २ मिटरको फरकमा ग्राहकलाई बस्ने व्यवस्था गनुपर्ने बताइएको छ ।

होटल तथा रेष्टुरेन्ट नियमित रुपमा निसंक्रमित गर्न र पाहुनाको रेकर्ड राख्न पनि आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार