• शनिबार, साउन ९ २०८३

महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला


सोमबार, पुष १४ २०७६
1.5K
Shares

नेपाल जेसीजको महाधिवेशनका लागि चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा भएको जेसिजको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धरको शव इनारमा भेटिएको प्रहरीको भनाई छ । मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सीमा क्षेत्रको एक इनारमा भेटिएको थियो। हाल उनको शव पोष्टपार्टमका लागि अस्पताल पठाइएको छ ।

पुस ९ गतेदेखि १२ गतेसम्म भएको रत्ननगरमा जेसिजको ४६ औं महाधिवेशन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार