• बुधबार, साउन १३ २०८३

गोरखाका सबै धार्मिक स्थलहरु बैशाख मसान्तसम्म बन्द रहने


बुधबार, बैशाख ८ २०७८
2.1K
Shares

dgsfdgfdf bz{gfyL{sf] eL8 a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;

गोरखा । जिल्लाका सबै धार्मिक स्थलहरुमा बैशाख मसान्तसम्म भक्तजनलाई प्रवेश निषेध लगाउने बैठकले निर्णय गरेको छ ।

जिल्लाका सबै मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च सर्बसाधारणका लागि बन्द गरिएको छ । योसँगै भक्तजनको भिडभाड रहने मनकामना र गोरखाकाली मन्दिरमा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक गतिबिधि गर्न पाइनेछैन ।

यता जिल्ला प्रशासन कार्यालयमा बैठक भइरहँदा गोरखकाली र मनकामना मन्दिरमा भने मंगलबार दिनभर भिडभाड थियो । चैते दशैको अबसरमा ती मन्दिरहरुमा हजारौं दर्शनार्थीहरुले पूजापाठ गरेका छन् ।

देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा आएका भक्तजनका कारण जिल्लामा कोरोनाको जोखिम बढाएको छ ।

मेला, महोत्सव, जात्रा पर्व जस्ता सांस्कृतिक कार्य पनि नगर्न आग्रह गरिएको छ । बिबाह, ब्रतवन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने बैठकले निर्णय गरेको छ ।

त्यसका लागि पनि प्रशासनको अनुमती अनिवार्य गरिएको छ । सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप पनि भर्चुअल विधिबाट गर्न बैठकले सबैलाई अनुरोध गरेको छ ।

यदी भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढि सहभागी गराउन पाइनेछैन । सिनेमा हल, पार्टी प्यालेस, नाचघर, हेल्थ क्लव, जिमखाना, फुटसल, हाटबजार, कवर्डहल, रङ्गशालामा दर्शकको उपस्थितीमा हुने खेलकुदका गतिबिधि पनि वैशाख मसान्तसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार