• मंगलबार, असोज १३ २०८३

कोरोना संक्रमणबाट ३३ वर्षीय युवकको मृत्यु


मंगलबार, बैशाख ७ २०७८
590
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा मंगलबार ३३ वर्षीय युवकको मृत्यु भएको छ।

खजुरा २ बाँकेका ती युवकले पिसिआर परीक्षणका लागि वैशाख ६ गते स्वाब दिएका थिए।

मंगलबार मात्रै उनको रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्टपछि दिउँसो २ बजे उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार थालिएको थियो।

भर्ना भएको ४० मिनेटपछि उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। योसँगै बाँकेमा कोरोनाका कारण हालसम्म ५४ जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार