गोरखा । गोरखामा आजदेखी दास्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ ।


दोस्रो चरणको खोप अभियान अन्र्तगत आज गोरखा नगरपालिका भित्रका १ सय ९४ जनाले दोस्रो डोजको खोप लगाएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक निश्चल अर्यिलले जानकारी दिए ।
दोस्रो डोजको खोप लगाउने मध्ये पुरुष १ सय ५७ जना तथा महिला ३७ जना रहेको स्वास्थ्य निरिक्षक अर्यिलले बताए ।

पहिलो चरणको पहिलो र दास्रो अभियानमा खोप लगाएकाहरुलाई आज (मंगलबार)देखी वैशाख ११ गते सम्म खोप लगाईने स्वास्थ्य शाखा गोरखाले जनाएको छ ।
