• मंगलबार, साउन २६ २०८३

गोरखाका थप एक कोरोना संक्रमितको मृत्यु


मंगलबार, बैशाख ७ २०७८
485
Shares


गोरखा । गोरखाका थप एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नं. १४ का ५५ वर्षका पुरुषको चितवनमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

भारतबाट फर्किएका उनको गत वैशाख ४ गते चितवनमा नै कोरोना परिक्षण गरिएको थियो ।

हिजो ६ गते सोमबार संक्रमण पुष्टि भएको उनको आज बिहान साढे ११ बजे मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार