• बुधबार, साउन १३ २०८३

एकै विद्यालयका ३९ जनामा कोरोना पुष्टि


मंगलबार, बैशाख ७ २०७८
675
Shares

बागलुङ । एकै विद्यालयका ३९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

आइतबार र सोमबार नियमित कक्षा चलाएको बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरु सँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन ।

संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि विद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छैन ।

मन्त्रिपरिषद्को निर्णयले समेत यहाँ भन्ने सम्बोधन नगरेको भन्दै विद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए ।

संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार